१६ साउन, काठमाडौं
सिन्धुपाल्चोकमा पूजाको प्रसाद खाएका ३० जना बिरामी परेका छन् । मेलम्ची नगरपालिका–११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाएका करिब ३० जना बिरामी परेका हुन् ।
बिहीबार स्थानीय एउटा घरमा लगाएको पूजामा प्रसाद खाएकाहरुलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।
उनका अनुसार प्रसाद खाएर बिरामी परेका सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकोले स्वास्थ्यकर्मीसहितको टोली गाउँमै लगेर उपचार गरिएको छ । ३ जनालाई भने स्वास्थ्य केन्द्र मेलम्चीमा लगिएको थियो ।
उनीहरुलाई फुडप्वाइजन भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।