लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको विपक्षीहरुकाे दाबी, प्रदेश प्रमुखलाई ध्यानाकर्षण

१६ साउन, काठमाडौं
लुम्बिनी प्रदेशका विपक्षी दलहरूले शङ्कर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेशसभामा आफूहरुको बहुमत रहेको दाबी गर्ने विपक्षी दलहरुका सांसदले सरकार अल्पमत परेको र अवैध रहेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुख शेरचनलाई स्वागत गर्न पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरूले संविधान र कानुनी मर्म अनुसार प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई अनुरोध गरेका छन् । वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रिया पुरा नगरी सरकार चलाएको ध्यानाकर्षणपत्र उल्लेख छ ।

यस्तै वैशाख १९ गते सांसदमा प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी हठात् संसद् अधिवेशन अन्त्य गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको, संविधानको १६८ (१) अनुसार तीन जना प्रदेश सभा सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप पनि लगाइएको छ ।

प्रदेश सभामा ८० सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ जना र सरकारमा ३८ जनाको मात्र समर्थन रहेको दाबी गठबन्धनले गरेको छ ।

विपक्षी दलका सांसदहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझेपछि प्रदेशप्रमुख शेरचनले मुख्यमन्त्री पोखरेलसँग पनि छलफल गर्ने जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here