काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ नेता माधव नेपाललाई कांग्रेस र माओवादी केन्द्रकै सहयात्री बन्न दिनुपर्ने उल्लेख गरेका छन् ।
शनिबार दिउँसो नेता नेपालको गाइजात्रे तस्वीरसहित ट्वीट गर्दै थापाले अब नेपाललाई एमालेमा रोक्न नहुने उल्लेख गरेका छन्। ‘अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिऔं, नरोकौं’ थापाले लेखेका छन्।
माधव नेपालले पार्टीभित्र अब गद्दारी गर्दिनँ भनेर क्षमायाचना गर्नुको साटो कार्यदलले गरेको १० बुँदे सहमति मान्दिन भनेको भन्दै थापाले उनको आलोचना गरेका छन्।
प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नु त कहाँ हो कहाँ ? थापाले लेखेका छन्, कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे’