होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्यकर्मी भेटिएको घटना छानवीन गर्न समिती गठन

१६ साउन, काठमाडौं
झापाको विर्तामोडस्थित एक होटलमा कोरोना भाइरसविरुद्धको खोप भेटिएको घटना छानवीनका लागि समिति गठन गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमासहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको हो ।

बिर्तामोड नगरपालिकास्थित एक होटेलमा कार्टुनमा लुकाइराखेको भेरोसेल खोपसहित बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खडकालाई शंकास्पद अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तर खोपसहित नियन्त्रणमा लिएका खडकालाई प्रहरीले राती नै छाडिदिएपछि विद्यार्थी सङ्गठनले शनिवार बिहान बिर्तामोड नगरपालिकामा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

समितिलाई घटनाबारे छानवीन गरी प्रतिवेदन पेश गर्न ७ दिनको समय दिइएको छ । आजको बैठकले छानबिन नसकाउंदा सम्म फोकल पर्सन खडकालाई खोप सम्बन्धित कुनैपनि गतिविधि संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गर्ने, हालसम्मको खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

छानवीन समितिको सदस्यमा समन्वय समिति झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डिएसपी प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here