एमाले स्थायी कमिटी बैठक स्थगित, पार्टी एकताका लागी दाेस्राे तहका नेताहरुकाे प्रयास जारी

१६ साउन, काठमाडौं
नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णायक भनेर शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु भएलगत्तै भोलि सम्मका लागि स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ अध्यक्ष ओलीले एकताका लागि भएको छलफलको प्रगतीबारे जानकारी मागेको र भोलीसम्म छलफल गर्ने भन्दै बैठक स्थगित गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनका अनुसार सिंहदरबारमा शनिबार बिहान बसेको विघटित कार्यदलको बैठकमा पार्टी एकताका लागि दुवै पक्ष सकारात्मक देखिएको छ ।

तर शनिबार नै आयोजित छुट्टाछुट्टै कार्यक्रममा अध्यक्ष ओली र नेता नेपालले एकअर्काप्रति निक्कै तिक्तता पोखका छन् । अध्यक्ष ओलीले नेता नेपाल जस्ताहरुको लागि पार्टीमा कुनै ठाउँ नभएको बताउंदा नेपालले ओलीप्रति लक्षित गर्दै अहंकारले कसैलाई कतै नपुर्याउने धारणा राखेका छन् ।

यद्धपी दोस्रो तहका नेताहरुले एकताको प्रयास जारी राखेका छन् । आज स्थगित भएको एमाले स्थायी कमिटीको बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here