१६ साउन, काठमाडौं
देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ । यससँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको मन्त्रालयको तथ्यांक छ ।
आजपनि ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । १३ हजार ५१९ जनामा कोरोना परीक्षण गर्दा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा १ हजार ९१६ जना संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ६ लाख ५४ हजार १७७ जना निको भएका छन् । नेपालमा संक्रणपश्चात निको हुने दर ९४.१ प्रतिशत रहेको छ । हालसम्म ३६ लाख ३ हजार ४६५ जनामा पिसीआर परीक्षण गरिएकोमा ६ लाख ९५ हजार ३८९ जनामा संक्रमण पाइएको छ ।
यस्तैगरी ३ लाख १८ हजार ३६७ जनाले एन्टीजेन परीक्षण गरेकोमा ६१ हजार ३५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
देशभर आज २८ हजार २५४ जना सकृय संक्रमित घरमै आइसोलेशनमा छन् । ३ हजार १०१ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् ।
गम्भिर अवस्थाका ७०६ जना कोरोना संक्रमितको आईसीयूमा उपचार चलिरहेकोमा १६६ जना भेन्टीलेटरमा छन् ।