१६ साउन, काठमाडौं
रौतहटमा होटलबाट ९ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ का २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जय प्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिश जयसवाल रहेका छन् ।
यस्तैगरी, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाल, वडा नम्बर १ का ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय र वडा नम्बर ७ का ४२ वर्षीय उपेन्द्र राउत पक्राउ परेका छन् ।
उनीहरुलाई शनिबार बिहान चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ७९ हजार ६ सय ९० रुपैयाँसहित पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।