जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

१६ साउन, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ ।

जसपा संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका थिए ।

यावद सर्वसम्मतिबाट संसदीय दलको नेता बनेका सांसद प्रदीप यादवले जानकारी दिएका छन् । सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा २१ जना संघीय सांसदहरु उपस्थित रहेको बताइएको छ ।

निर्वाचन आयोगले केही दिन अघि जसपाको आधिकारिकता यादव पक्षलाई दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here