ओलीले भने-माधव नेपाल जस्तालाई पार्टीमा कुनै ठाउँ छैन

१६ साउन, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालप्रति निक्कै आक्रोस पोखेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले नेपालले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै आक्रोस पोखेका हुन् । वामपन्थीको सरकार ढाल्ने र दक्षिापन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै ओलीले नेता नेपालका लागि अब पार्टीमा कुनै ठाउँ छैन भनेका हुन् ।

‘कम्युनिष्ट आन्दोलन विरोधीलाई कुनै ठाउँ छैन । फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे । पार्टी हामी सबैले बनाएका हौँ’ शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने ।

पार्टी एकता र राष्ट्रियताको पक्षमा लाग्न कार्यकर्तालाई ओलीले निर्देशन समेत दिएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी सरकार भन्दै ओलीले सुशासन र जनताको पक्षमा काम गर्न यो सरकारले नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here