ललितपुरका उद्योगी व्यवसायीलाई सोमबार कोरोनाको खोप दिइने

१६ साउन, काठमाडौं
ललितपुरका उद्योगी तथा व्यवसायीलाई आगामी सोमबार कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य संघको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइदिने भएको हो ।

संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले शनिबार विज्ञप्ति जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन ५ पाँचसय जनालाई खोप लगाइने जानकारी गराएका छन् । सूचनामा खोप पर्याप्त नभएकाले छिट्टै बढाउन संघले महानगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ ।

बाँकी रहेका पाँच स्थानीय तहका उद्योगी तथा व्यवसायीलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गरिएको छ । खोप लगाउन इच्छुक व्यक्तिले यही भोली आइतबार अपराह्न ३ बजेभित्र संघको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here