महोत्तरीबाट १ सय २१ बोरा मल बरामद

१६ साउन, महोत्तरी ।

जिल्ला सदरमुकामबाट ठूलो परिमाणमा मल बरामद भएको छ ।

जलेश्वरबाट सशस्त्र प्रहरीले १ लाख २१ हजार मूल्य बराबरको युरिया मल बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा १२१ बोरा युरिया मल बरामद गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

शुक्रबार करिब तीन बजेको समयमा जलेश्वर नगरपालिका–५ स्थित पर्सापतैलीका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए ।

सशस्त्र प्रहरी बल ९ नम्बर गण महोत्तरी जलेश्वरले बरामद गरेको युरिया मल आवश्यक जलेश्वर भन्सार कार्यलयमा बुझाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here