कान्द्रा नदीमा डुबे दुई बालिका, एक जना बेपत्ता

१६ साउन, कैलाली ।

जिल्लामा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भजनी नगरपालिका–२ को डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा सोही ठाउँका दुई बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।

नदीमा नुहाउन गएकी धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरीको नदीमा डुबेर मृत्यु भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए ।

उनीहरुसँगै नदीमा नुहाउन गएकी धनबहादुरकै ६ वर्षीया छोरी अनु सिंह बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here