सेनाको कारवाहीमा कम्तीमा सय लडाकू मारिए

१६ साउन, काठमाडौं ।

अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरिएको सुरक्षा कारबाहीमा कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् ।

घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

अफगानको सुरक्षा बलले त्यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् ।

हेरातकै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here