कोरोनाको खोप लुकाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

१५ साउन, काठमाडौं
कोरोनाको खोप लुकाएर आफ्ना मान्छेहरुलाई लगाईदिने एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्का पक्राउ परेका प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिए ।

सुरुमा स्थानीय युवाहरूले बिर्तामोड नगरपालिका–१ स्थित होटेलबाट एकसय भाइल खोपसहित खड्कालाई शुक्रबार दिउँसो रंगेहात नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । उनले लुकाएर राखेको खोप होटलको प्रतीक्षालय कक्षको टेबलमा फेला परेको थियो ।

खड्काले सोही होटलभित्र आफ्ना निकट व्यक्तिलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि स्थानीय युवाहरू त्यहाँ पुगेका थिए ।

पक्राउ परेका खडकाले भने आफू होटेलमा बसेकाले स्वास्थ्य कार्यालयको गाडीले होटेलमै खोप ल्याई छाडेर गएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here