एसएसबीले तुइन काँटीदिंदा महाकाली तर्दै गरेका नेपाली नदीमा खसेर वेपत्ता

१५ साउन, काठमाडौं
दार्चुलामा भारतीय सुरक्षा बल (एसएसबी) ले तुइन काँटीदिदा महाकाली तर्दै गरेका एक व्यक्ति नदीमा खसेर बेपत्ता भएका छन् ।

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्दै गर्दा एसएसबीले तुइन काटिदिँदा ३५ बर्षीय जयसिंह धामी बेपत्ता भएका स्थानीयले बताएका छन् । उनी व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै सदरमुकाम खलङ्गा आउन महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए ।

उनका अनुसार पाँच ६ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरेका थिए । ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, धामीले भने ।

‘भारतको पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन्’ उनले भने । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दा सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

यसैवीच सत्तारुढ नेपाली कांग्रेसले दार्चुलामा एसएसबीका जवानले तुइन काटेका कारण नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ती निकालेर घटना अत्यन्तै दुःखद मात्रै नभएर अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको जनाएका छ ।

घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन काँग्रेसले सरकारसँग माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here