३३ किलो सुन काण्डः फरार रहेका भाेजराज भण्डारी पक्राउ

१५ साउन, काठमाडौं
३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले काठमाण्डौंको नयाँबानेश्वरबाट शुक्रबार पक्राउ गरेको हो ।

मोरङको गौरादह नगरपालिका–८ घर भएका भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here