भारतमा बाढीले बगाउँदा एक नेपालीको मृत्यु

१५ साउन, काठमाडौं
भारतमा बाढीले बगाउँदा बैतडीका एक व्यक्तिको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका– ६ गौकुरा घर भई कञ्चनपुर बसाइसरेका ३८ वर्षीय धनसिंह भण्डारीको बाढीले बगाएर मृत्यु भएको बताइएको छ ।

भण्डारी सिक्किमस्थित रेल चल्ने सुरुङ निर्माणमा खटिएका थिए । सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर बग्ने खोलाले बगाउँदा एक नेपालीसहित अन्य ६ मजदुर बेपत्ता भएका छन् ।बाढीमा परेर बेपत्ता हुनेमा दोगडाकेदार–६ घर भई कञ्चनपुरको पिपलाडी बस्ने डम्मर लुहार रहेका बताइएको छ ।

उक्त क्षेत्रमा केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here