मदन पुरस्कारका लागि छनोटमा परेका ९ पुस्तक सार्वजनिक

१५ साउन, काठमाडौं
‘मदन पुरस्कार–२०७७’ का लागि छनोटमा परेका ९ पुस्तक सार्वजनिक गरिएको छ ।

मदन पुरस्कार गुठीले शुक्रबार ति पुस्तकहरु सार्वजनिक गरेको छ । एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे,मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०) पुस्तकहरु सार्वजनिक गरिएको हो ।

गुठिलाई ‘मदन पुरस्कार–२०७७’ का लागि कुल २२२ पुस्तकहरू प्राप्त भएको थियो । तिमध्ये बढीमा १० पुस्तकहरूको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।

छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here