विद्युत कटौतिको विरोधमा उत्रिए सर्लाहीका युवा

१५ साउन, काठमाडौं
अनियमित रुपमा विद्युत कटौती भइरहेपछि सर्लाहीको लालबन्दकिा युवाले आन्दोलन गरेका छन् । बारम्बार घण्टौं सम्म विजुलीको लाइन जान थालेपनि उनीहरुले त्यसको विरोध गरेका हुन् ।

पटक–पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएपछि उनीहरुले प्रदर्शन गर्नुपरेको बताएका छन् । शुक्रबार प्रदर्शनमा उत्रिएका युवाहरूले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी सडक खण्डमा केहीबेर चक्काजाम गरेर नाराबाजीसमेत गरेका थिए ।

उनीहरूले लालबन्दीमा रहेको विद्युत् प्राधिकरणमा ज्ञापनपत्र समेत बुझाएका छन् । प्राधिकरणले समस्या समाधानमा चासो नदिए आकस्मिक आन्दोलनमा जान बाध्य हुने युवाहरुको चेतावनी छ ।

विद्यु्त् प्राधिकरण लालबन्दी वितरण केन्द्र प्रमुख सुधीर रायले विद्युत कटौतिको समस्या समाधान हुन अझै दुई साता लाग्ने बताएका छन् । ढल्केबर ग्रिडको सबस्टेसनको ३० एमपिए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीको विद्युत् आपूर्तिमा समस्या भएको रायले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here