कर्णाली नदीमा जिप खस्दा दुई वेपत्ता

१५ साउन, काठमाडौं
कर्णाली नदीमा जिप खस्दा दुईजना वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएअनुसार स्कारपियोमा डोटीको एकै परिवारका पाँचजना सवार थिए । आर्दश गाँउपालिकाका चन्द्र जोशी, रुपी जोशी, लक्ष्मी जोशी, भुवन जोशी, र सावित्री जोशी सवार स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ ।

चन्द्र जोशी र रुपी जोशी वेपत्ता भएका छन् भने तीन बालबालीकाको उद्धार गरिएको छ । नेपालगञ्जबाट उपचार गरेर घर फर्किने क्रममा कुईने घुम्न जादै गर्दा उनीहरु चढेको स्कारपियो कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनका अनुसार वेपत्ता रहेका चन्द्रले स्कारपियो चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here