सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जना पक्राउ

१५ साउन, काठमाडौं
सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–२ मिरुवाबाट ६ सय ५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइल सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा डेरा गरी बस्नेहरु म्याग्दी रघुगंगा गाउँपालिका–३ राखु घर भएकी ४२ वर्षीया बिमला दमाई, रुपन्देही देबदह नगरपालिका–५ नमुना टोल घर भएका ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घर भएका ४४ वर्षीय गणेश बहादुर दर्जी रहेका छन् ।

यस्तैगरी रामेछाप सुकाजोर नगरपालिका–७ बृता घर भएका २३ वर्षीय अनिल भुजेल, सर्लाही बागमती नगरपालिका–१ डापडाँडा घर भएका ४२ वर्षीय ईन्द्र बहादुर बलम पाकी, चितवन टाडी नगरपालिका–२ घर भएका ३४ वर्षीय भुवन बिक र चितवन राप्ती नगरपलिका–९ घर भएका ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका कास्की प्रहरीले जनाएको छ ।

उनीहरुले नक्कली सुन देखाई सक्कली भनेर मानिसहरुलाई झुक्यानमा पारेर बेचबिखन गरी रकम लिई ठगी गर्ने षडयन्त्र एवम् उद्योग गरेको पाइएको छ ।

पक्राउ परेकाहरुमाथी जिल्ला अदालत कास्कीबाट ठगी, अपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here