सशस्त्रमा ४२ सय दरबन्दी थप्ने प्रस्ताव

१५ साउन, काठमाडौं ।

यस वर्ष सीमानाकामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप्ने सरकारको योजना छ ।

त्यसका लागि सशस्त्र प्रहरी बलले करिब चार हजार दुई सय दरबन्दी थप्न प्रस्ताव गरेको छ । एक बिओपीमा ३५ जनाको दरबन्दी हुन्छ । जसअनुसार एक सय २० बिओपीका लागि चार हजार दुई सय दरबन्दी थप्न प्रस्ताव गरिएको हो ।

हाल सीमा बिओपीको संख्या दुई सय २४ पुगेको छ । गत वर्ष अन्य कार्यालयमा कार्यरत सशस्त्र प्रहरीलाई लगेर बिओपी थपिएको थियो ।

बिओपीको संख्या बढेपछि मापदण्डअनुसार कुनै पनि बिओपी ३५ प्रहरी छैनन् । जसकारण अब बिओपी बढाउन जनशक्ति थप नगरी सम्भव नहुने सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here