१५ साउन, काठमाडौं ।
नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने तयारी गरेको छ ।
सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको छ ।
साउन २३ गते काठमाडौंमा बृहत् भेला गर्ने र त्यस दिन उपत्यकास्तरीय महिला युथ फोर्स घोषणाको तयारी गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपालले बृहत युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा राष्ट्रिय सभागृहबाट गर्न लागेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बृहत युवा महिला भेला र महिला युथ फोर्स घोषणा गर्ने तयारी छ ।