हराइरहेका बालकको शव भेटियो, आमाबुवा प्रहरी नियन्त्रणमा

१५ साउन, महोत्तरी ।

बुधबारदेखि हराइरहेका एक बालकको शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बुवा र सौतेनी आमा पक्राउ
स्थानीयलाई उधृत गर्दै प्रहरीले जानकारी दिए अनुसार बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केका थिए ।

तर, राति अबेरसम्म घर नआउँदा बालकको खोजी शुरु भएको थियो । खोजी गर्ने क्रममा बालकको शव फेला परेको डीएसपी विष्टले बताए ।

बालकको शव देखिएपछि उनका बुवा र सौतेनी आमा समेत फरार भएका थिए । उनीहरुलाई भने बिहीबार साँझ पक्राउ गरिएको डीएसपी विष्टले बताए ।

उनले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

बालकका आफ्नी आमा केही दिन अगाडि घरबाट गएपछि उनका बुवाले दोस्रो विवाह गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here