बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

१४ साउन, काठमाडौं
बैंकिङ कसूर मुद्दाका फरार एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं मनोहरा नगरपालिका–२ ठेगाना भएका ४६ वर्षीय राम खड्का रहेका छन् ।

बैंकिङ कसूर मुद्दामा उनलाई उच्च अदालत पाटनले गत वैशाख १४ गते ९ दिन कैद र ९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं हात्तीगौंडाबाट फेला पारी पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय र जरिवाना भएको थियो ।

पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here