जसपाका ३ सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभामा निवेदन

१४ साउन, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभामा निवेदन दर्ता भएको छ ।

पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दिएको हो ।

गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन तीन सांसद सरकारमा मन्त्री भएका थिए ।

सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएपछि उनलाई कारबाही गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here