१४ साउन, काठमाडौं
सेयर बजारमा साताको अन्तिम कारोवार दिन बिहीबार १५ अंकले घटेको छ । आज १५.१३ अंकले घटेर बजार ३०७९.८२ विन्दुमा आएको छ ।
परिसूचकसँगै कारोवार रकम पनि घटेको छ । आज कुल २१७ कम्पनीको १० अर्ब ९० करोड ५८ लाख ३० हजारको कारोवार भएको छ । कारोवार अवधिभर २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर खरिदबिक्री भएका छन् । समग्र परिसूचक घटेपनि होटल तथा पर्यटन र विकास बैंक लगानीकर्ताको आकर्षण कायमै छ ।
होटल र विकास बैंक समूह क्रमशः ४५ र ५३ अंकले वृद्धि भएका छन् । ‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४ अंकले घटेर ५७०.९२ को विन्दुमा समेटिएको छ ।
कारोवार रकमका आधारमा अगाडी रहेको गुडविल फाइनान्सले ३३ करोड ९२ लाख रुपैयाँको कारोवार गर्यो । रिडी हाइड्रोपावरक सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ ।
आजबाट कारोबारमा आएको जीवन विकास लघुवित्तको सेयरमूल्य ८ प्रतिशत बढीले उकालो लाग्दै प्रतिकित्ता ९ सय ८९ रुपैयाँमा कारोबार भएको छ । पहिलो दिन जीवन विकासको १०० कित्ता सयेर खरिदबिक्री भएको छ ।