कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन बुझायो

१४ साउन, काठमाडौं
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । बिहिबार बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले बाँकी काम पूरा गरेर प्रतिवेदन बुझाएको हो ।

यसअघि हिजो पदाधिकारी बैठकले क्रियाशिल सदस्यता सम्बन्धि विवादका बाँकी काम टुँगो लगाउन समितिलाई २४ घण्टाको समय दिएको थियो । समितिका संयोजक रमेश लेखकले प्रतिवेदनमा उल्लेख भएका बिषय पदाधिकारी बैठकमा पेश गरेको जानकारी दिए ।

छानविन समितिकाे प्रतिवेदनअनुसार कांग्रेसका क्रियाशील सदस्यको संख्या ८ लाख नाघेको छ । यो संख्या विगतको भन्दा दोब्बरले बढी हो । नयाँ कियाशील सदस्य संख्या ८ लाख ५२ हजार सात सय ११ पुगेको छ । तीमध्ये ४ लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन् । पुराना ४ लाख ९ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ ।

छानविन समितिका संयोजक लेखकले केन्द्रीय कमिटीमा प्रवेश गरेको बिषयमा केन्द्रीय तहले नै निर्णय गर्ने भन्दै तोकिएकै समयमै निर्वाचन गर्नका लागि काम अगाडी बढाएको समेत बताएका छन् । अरु पार्टीबाट आएका नेताहरु समायोजन लगायतको बिषयमा शीर्ष नेताहरुले ५ दिनभित्र निर्णय गर्ने भन्दै नेता लेखकले सबै बिषयलाई टुंगोमा पुर्याएर महाधिवेशनको तयारीमा लाग्ने बताए ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन तोकेको छ । कांग्रेसको महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका भने प्रभावित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here