चाैबिस घण्टामा ३ हजार ३६५ जना कोरोना संक्रमित थपिए

१४ साउन, काठमाडौं
देशभर ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार २४२ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार काठमाडौंमा ५९७, भक्तपुरमा १०८ र ललितपुरभित्र १५५ जना गरी उपत्यकामा ८ सय ६० संक्रमित थपिएका छन् । यस अवधिमा १ हजार ३७३ जना संक्रमित निको भएका छन् ।

थप १६ जना संक्रमितको भने मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ७ लाख ५० हजार २२ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तिमध्ये ६ लाख ५० हजार ४४५ जना निको भइसकेका छन् ।

नेपालमा कोरोना संक्रमित निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here