१४ साउन, काठमाडौं
पूर्वसांसद पद पुनर्बहालीको माग गर्दै रिट दायर गरेका चारजना पूर्वमाओवादी नेताको रिटमा सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।
न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढेपनि मुद्दाको सुनुवाई हुन सकेन । पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु माओवादीमै रहेको र गैरकानुनी ढंगले कारबाही गरेको दाबीसहित सांसद पद पुनर्बहालीको माग गर्दै बुधबार रिट दायर गरेका थिए ।
उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिएको थियो । तर अदालतले अन्तिममा हेर्न नभ्याइने सूचीमा राखेको हो ।