५० बर्षमाथिकालाई भेरोसेल खोप लगाउन सुरु

१४ साउन, काठमाडौं
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजदेखि कोभिड–१९ बिरुद्ध भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।

पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे हो । खोप लगाउनका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले सबै वडाबाट बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म खोप लगाइने बताए । अत्यावश्यक सेवाका व्यक्तिहरुले भने पाँचवटा अस्पतालबाट खोप लगाउन पाउनेछन् ।

राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुमा अत्यावश्यक सेवाका व्यक्तिहरुले उनीहरुले खाप लगाउन पाउनेछन् ।

खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ । खोप लगाउनका लागि आफ्नो नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस लिएर खोपकेन्द्रमा जानुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here