नवनियुक्त दुई प्रदेश प्रमुखले लिए शपथ

१३ साउन, काठमाडाैं
नवनियुक्त दुई जना प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार गण्डकी प्रदेशका प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई नियुक्त गरेकी थिइन्।

यसअघि उनले गण्डकीकी प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन्।

नवनियुक्त प्रदेश प्रमुखहरुको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here