जसपामा मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई

१३ साउन, काठमाडौ
जनता समाजवादी पार्टी (जसपा) ले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

बुधबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री बन्नेको नाम छनौट गर्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको नेता मोहम्मद इस्तियाका राईले जानकारी दिए।

पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो। यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव छन्।

कार्यदललाई काम सक्न १७ साउनसम्मको समय दिइएको छ। बैठकले केही समयअघि पार्टीमा एकीकरण गरेको नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह) का अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here