टोकियो ओलम्पिक : पौडी खेलाडी गौरिकाले बनाइन् राष्ट्रिय किर्तिमान

१३ साउन, काठमाडौं
जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलब ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाइन् ।

यसअघि उनकै नाममा १ मिनेट ०० दशमलब ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा उनले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । सुरुको ५० मिटरमा राम्रो प्रदर्शन गर्दै अग्रस्थानमा रहेकी गौरीका त्यसपछिको ५० मिटरमा पछाडी परेकी थिइन् ।

गौरिकाले २०१६ मा रियो ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here