१३ साउन, काठमाडौं
काभ्रेमा जुवातास खेल्दै गरेको अवस्थामा खालबाट नगदसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ लाख १५ हजार ३५ रुपैयाँसहित ११ जना पक्राउ परेका हुन् । पक्राउपरेका सबैलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट ७ दिनको म्याद लिएको छ ।
मुलुकी फौजदारी संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमति लिई उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी तथा सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।