१३ साउन, काठमाडौं
नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान गर्न छानवीन समितीलाई २४ घण्टाको समय दिएको छ ।
बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी काम पूरा गर्न भनेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार समितीले भोलिसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिनेछ ।
‘हामीले ८ ओटा तहमध्ये ७ ओटा तहको निर्वाचन सक्नुपर्ने हुन्छ । वडा तहको निर्वाचन हामीले स्थगित गरेका छौँ । क्रियाशील सदस्यको प्रतिवेदनमाथि छलफल थालनी भएको छ’ प्रवक्ता शर्माले भने ।