१३ साउन, काठमाडौं
राष्ट्रियसभा सदस्यहरुले ‘सङ्घीय निजामती सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्बाट पारित गर्न माग गरेका छन् ।
बुधबार बसेको बैठकको बिशेष समयमा बोल्ने सांसदहरुले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन माग गरेका हुन् । उनीहरुले यो विद्येयक पारित गरी जनतालाई सुशासनको अनुभूति दिन जोड दिएका छन् ।
सांसद उदया शर्मा पौडेलले स्थायी सरकारले निजामती सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु हो भन्दै सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गरिन् ।
सांसद रामनारायण बिडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको भन्दै असन्तुष्टि पोखे ।
सांसद गङ्गाकुमारी बेल्वासेले निजामती कर्मचारी सेवा विधेयकलाई छिटो ल्याउनुपर्ने र आयोगमार्फत सुकुम्बासीका समस्या समाधान गर्नुपर्नेमा जोड दिईन् ।