नेप्सेले आजपनि रेकर्ड बनायो, कारोवार रकम भने घट्यो

१३ साउन, काठमाडौं
धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकले आजपनि रेकर्ड कायम गरेको छ । बुधबार १५ अंकले बढेर नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेप्से १५.३० अंकले बढेर ३०९४.९५ बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से ०.५० प्रतिशतले बढेको हो । क बर्गका कम्पनीहरुको कारोवार मापक सेन्सेटीभ इन्डेक्स पनि ०.०२ अंकले बढेर ५७४.३२ बिन्दुमा पुगेको छ ।

अघिल्ला दिनको तुलनामा कारोवार रकम भने घटेको छ । २१९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख ५४ हजारको कारोवार भएको छ । २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर खरिदबीक्रि भएका छन् ।

मंगलबार नेप्से २९.२४ अंकले बढेको थियो भने १५ अर्बमाथीको कारोवार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here