१३ साउन, काठमाडौं
नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ । देशभर गत २४ घण्टामा ३८ सय बढी कोरोना संक्रमित थपिएका छन् ।
थप १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ गरी उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् ।
आज ३३ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । १ हजार ९ सय ९३ जना संक्रमित भने निको भएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन महिनाबाट कोरोना संक्रमण बढेको बताएका छन् ।
गत मंगलबार ३ हजार ८९९ जना, सोमबार ३ हजार ४२१ जना, आइतबार २ हजार २३७ र शनिबार ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो शुक्रबार २ हजार ९७७ जना, बिहिबार २ हजार ७१४ जनामा कोरोना संक्रमण भएको थियो ।
आजका सहित एक सातामा २२ हजार २०२ जना नयाँ संक्रमितको पहिचान भएको हो ।