कक्षा–१२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन संसदीय समितिकाे सुझाव

१३ साउन, काठमाडौं
कक्षा–१२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले यस्तो सुझाव दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग भएको छलफलमा समितिले चार लाख विद्यार्थीलाई परीक्षा दिनुअघि खोप दिन पहल गर्न सरकारलाई समितिले सुझाव दिएको हो ।

सभापति जयपुरी घर्तीले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन समेत दिईन् ।

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here