अर्थमन्त्री शर्मा र दक्षिण कोरियाका राजदूत चोङबीच शिष्टाचार भेट

भाषा परीक्षा पास गरेर बसेका नेपाली युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह

१३ साउन, काठमाडौं
अर्थमन्त्री जनार्दन शर्माले कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकलाई आग्रह गरेका छन् ।

शिष्टाचार भेटका लागि मन्त्रालय पुगेका राजदूत चोङलाई अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् । उनले कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता समेत जनाएका छन् ।

मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरे । इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् ।

जवाफमा राजदूत चोङले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने भन्दै भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए । अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोपको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

 

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here