जिउँदो कछुवा बिक्री गर्न लाग्दा तीनजना पक्राउ

१३ साउन, काठमाडौं
संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरुलाई काठमाडौँको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोले जनाएको छ । उनीहरुको साथबाट जिउँदो कछुवा बरामद गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोको टोली खटिगएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here