१३ साउन, काठमाडौं
स्वास्थ्य कार्यालय चितवनलाई वाग्मती प्रदेश सरकारले प्रदान गरेका स्वास्थ्य सामग्री स् हस्तान्तरण गरिएको छ ।
प्रदेश सरकारले १५ वटा अक्सिजन कन्सन्ट्रेटर, सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स, ऐन ९५ माक्स, ग्लोब्स, गाउन सेट, सेनिटाइजरलगायतका स्वास्थ्यसामग्री उपलब्ध गराएको थियो ।
ति सामग्रीहरु भरतपुरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उपस्थित वाग्मती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका निर्देशक वसन्त अधिकारीले प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको रोकथामको तयारीस्वरुप सबै प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष र एचडियू विस्तार, पिसिआर मेसिन सञ्चालन, अक्सिन प्लान्ट जडानको काम भइरहेको जानकारी दिएका छन् ।