१३ साउन, काठमाडौं
नसत्तारुढ गठबन्धनले सरकारलाई तत्काल पूर्णता दिने विषयमा सहमति जुटाएाके छ ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा सरकारलाई तत्कालै पूर्णता दिने सहमति भएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि शक्ति बाँडफाँडको विषय टुंगो लाग्न सकेन ।
‘अब एक–दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिन दलहरूबीच सहमति भएको छ’ बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।
गठबन्धनका तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रमका सम्बन्धमा गृहकार्य गरेर त्यसलाई मूर्तरूप, प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने बिषयमा पनि शीर्ष नेताहरूबीच सामान्य छलफल भएको छ ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, सहभागी थिए । यस्तैगरी, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायत सहभागी थिए ।