फेरिए प्रदेश प्रमुख, गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन नियुक्त

१२ साउन, काठमाडौं

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ती गरेकी हुन्।

राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुखका चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

गुरुङ नेपाली कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रका हुन् ।

यसअघि मंगलबार नै राष्ट्रपति भण्डारीले केपी ओली सरकारले नियुक्त गरेका गण्डकीका प्रदेश प्रमुख सिताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन्।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै सबै प्रदेशका प्रमुख फेर्ने तयारी गरिएको छ । दुई नम्बर प्रदेशको प्रमुख जनता समाजवादी पार्टीले पाउने संभवान छ।

यस विषयमा बुधबार बस्ने कार्यकारिणी समितिले निर्णय गर्ने नेता मोहम्मद इस्तियार राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here