लुम्बिनी प्रदेशका ३ सांसदलाई निष्कासन गर्ने जसपाको निर्णय

१२ साउन, काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना ३ सांसदलाई निष्कासन गरेको छ ।

मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए । उनीहरु अहिले लुम्बिनी सरकारका मन्त्री छन् ।

पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कल्पना पाण्डेय उद्योग वन तथा वातावरण मन्त्री छन् ।

पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेको थियो । कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ ।

त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय समेत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here