१२ साउन, काठमाडौं
पर्सा प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ केजी गाँजासहित भतौडा निवासी वासुदेव माझी पक्राउ परेका हुन् । इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताए ।