बलाध्यक्ष प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

१२ साउन, काठमाडौं
सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिएको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप थापा साउन २४ बाट बिदामा जानेछन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here