गण्डकी र लुम्बिनी प्रदेश प्रमुख फेरीए, गुरुङ र शेरचनलाई नियुक्त गर्न सिफारिस

१२ साउन, काठमाडौं
सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदले गण्डकी प्रदेश प्रमुखबाट सीता कुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुखबाट धर्मनाथ यादवलाई हटाएर नेपाली काँग्रेस चितवनका पूर्वसभापति गुरुङ र शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा पुनः ल्याइएको हो । केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर पौडेललाई ल्याएको थियो ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here