नेप्से परिसूचक अहिलेसम्मै उच्च बिन्दुमा, १५ अर्बको कारोबार

१२ साउन, काठमाडौं
शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेप्से मंगलबार २९.२३ अंकले बढेर ३०७९.६६ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

क बर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१९ अंकले बढेर ५७४.३१ बिन्दुमा पुगेको छ । आज १५ अर्बभन्दा माथीको कारोवार भएको छ ।

कारोवार अवधिभर कूल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार रुपैंया बराबर पुगेको छ ।

कारोवार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्ने निर्देशिका जारी गरेपछि बैंकिङ र लघुवित्त उपसमूहको शेयर घटेका छन् ।

आज मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here